काठमाण्डौ – गएको भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट धनजनको क्षति बेहोरेका क्षेत्रमा यसपालि तिहार खल्लो भएको छ ।
दशैँ उत्साहविहीन भएकोमा तिहार पनि खल्लो नै भएको छ । बाढीपछि यस वर्ष मुख्य चाडपर्वमा कुनै उत्साह नभएको बाढी प्रभावितले बताएका छन् । प्रभावितहरू गाँसबास र अरू दैनिक समस्या नै प्रमुख भएकाले यसपालि चाडपर्वको उमङ्गले आफूहरूलाई छुन नसकेको दुखेसो गर्छन् ।
विनाशकारी भोटेकोशी–त्रिशूली बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्ला विशेष प्रभावित भएका छन् । कतिपय कोठा भाडामा लिएर बस्दै आएका छन् ।
कोही अस्थायी शिविरमा त्रिपालमुनि छन् । आफन्त तथा घरबार गुमाएर अन्य ठाउँमा आश्रय लिई बस्दै आएका उनीहरू पुनर्निर्माण तथा पुन: स्थापनमा सरकारको ढिलासुस्तीले चिन्तामा छन् ।
जीवनभरि कमाएको सम्पत्ति र जीविकोपार्जन गर्ने व्यवसाय गुमाएकाहरू अब के गर्ने अन्योलमा छन् । शोकमा रहेकाहरूलाई चाडपर्व खल्लो र नीरस भएको छ ।







प्रतिक्रिया