खेल

जनकपुरलाई १२१ रनको लक्ष्य

जनकपुरलाई १२१ रनको लक्ष्य


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा सुदूरपश्चिम रोएल्सले जनकपुर बोल्ट्सलाई जितका लागि १२१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२० रन मात्र बनाउन सक्यो।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए। उनले २३ बलको सामना गर्दै २ चौका र २ छक्का प्रहार गरे। त्यसैगरी, थारिन्दु रत्नायकेले १६ रन, आरिफ शेखले ११ रन तथा ओपनर सैफ अली जैब र विनोद भण्डारीले समान १०-१० रन जोडे।

जनकपुर बोल्ट्सका बलिङतर्फ कप्तान हरमित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए। उनले आफ्नो ४ ओभरको स्पेलमा १७ रन मात्र खर्चिए। त्यसैगरी, हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान १-१ विकेट हात पारे।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu