काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछ ।
यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा आज साँझ ५ बजे सुरू हुनेछ ।
सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो । चितवन भने इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफारयमा पुगेको हो ।
आज जित्ने टोली फाइनल पुग्नेछ । फाइनलमा लुम्बिनीसँग खेल्नेछ । फाइनल खेल मंसिर ५ गते हुनेछ ।







प्रतिक्रिया