Banner news

एमालेको राष्ट्रिय भेला आज सकिदै,केन्द्रीय कमिटी बैठक आजै

एमालेको राष्ट्रिय भेला आज सकिदै,केन्द्रीय कमिटी बैठक आजै


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रम आज बिहान ८:०० बजेदेखि सुरु हुनेछ।

आजको कार्यक्रममा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तथा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुहुनेछ। त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्नुहुनेछ।

भेलामा समसामयिक प्रस्तावहरू पारित गरिनेछ। दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुनेछ।

यसैबीच, आजै दिउँसो ३:०० बजेदेखि कार्की ब्याङ्क्वेटमा पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको छ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu