मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैँसे बजारनजिक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहे पनि उनीहरूको परिचय खुल्न बाँकी छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।
हेटौँडाबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको जिप त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो ।
यसअघि २६ कात्तिकमा भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।







प्रतिक्रिया