मुख्य समाचार

वैदेशिक रोजगार ठगीका फरार आरोपीको बैंक खाता र यात्रा अनुमति रोक्का गर्ने तयारी

वैदेशिक रोजगार ठगीका फरार आरोपीको बैंक खाता र यात्रा अनुमति रोक्का गर्ने तयारी


काठमाडौं । वैदेशिक रोजगार ठगीका फरार आरोपीको बैंक खाता रोक्का गर्ने भएको छ । वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदा समेत फरार रहेका व्यक्तिहरुको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ ।

वैदेशिक रोजगार विभागले ठगी सम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन भनेर सूचना निकालेको थियो । विभागले गत कर्तिक ९ गते सूचना जारी गर्दै तोकिएको अवधिभित्र सम्पर्कमा नआए उनीको बैंक खाता रोक्का गर्ने भनेको थियो । भने, यात्रा अनुमति सम्बन्धी प्रक्रिया पनि रोक्का गर्ने तयारी भएको छ ।

विभागले जारी गरेको पत्र अनुसार सूचनाको म्यादभित्र उपस्थित नभएका व्यक्तिको विवरण संकलन गरी बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी गरिएको छ । यसका लागि आगामी मंसिर १४ गते नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्र पठाइने छ ।

विभागले सम्बन्धित शाखालाई फरार व्यक्तिको सूची तयार गरी नेपाल राष्ट्र बैंकमा पठाउने प्रक्रिया अघि बढाउन निर्देशन समेत दिएको छ ।

शेयर गर्नुहोस :

27
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu