भद्रपुर

राष्ट्रसेवक सहकारीको २७ औँ साधारणसभा सम्पन्न

राष्ट्रसेवक सहकारीको २७ औँ साधारणसभा सम्पन्न

रोहित काफ्ले


भद्रपुर । झापामा निजामती कर्मचारीहरुले सञ्चालन गर्दै आएको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा आज सम्पन्न भएको छ ।

भद्रपुर १० लेखनाथचोकमा कार्यालय रहेको संस्थाको २७ औँ साधारणसभा वीरेन्द्र नमूना क्याम्पसको सभाहलमा संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईंको अध्यक्षतामा सम्पन्न भएको हो ।

संस्थाका सचिव शेषराज पौडेलले सञ्चालन र उपाध्यक्ष तेजिन्द्र न्यौपानेले स्वागत गरेको साधारणसभाको उद्घाटन संस्थाका पूर्व अध्यक्ष एवम् संस्थापक शेयर सदस्य राजेन्द्र भट्टराईले उद्घाटन गरेका थिए ।

सभामा संस्थाका अध्यक्ष गुरागाईंले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा सुपरीवेक्षण समितिका संयोजक घनेन्द्रप्रसाद ढकालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन अनुसार आ. व. ०८२-०८३ को असार मसान्तसम्ममा संस्थामा ८३० जना शेयर सदस्य छन् । १ करोड ६१ लख ७३ हजार ५०० रुपैयाँ शेयरपूँजी रहेको संस्थाले सो वर्ष ५ करोड ४५ लाख डछ हजार १४२ रुपैयाँ वचत संकलन गरेको छ भने ३ करोड ३४ लाख कर्जा लगानी गरेको छ । संस्थाले सो वर्ष १ लाख १७ हजार १९४ रुपैयाँ सञ्चालन नाफा गरेको प्तिवेदनमा उल्लेख छ ।

अध्यक्ष गुरागाईंले संस्थाबाट अपेक्षाकृत लगानी हुन नसकेकोले नाफा घटेको बताएका छन् । संस्थामा पर्याप्त तरलता भए पनि सदस्यहरुबाट ऋणको माग नभएका कारण लगानी बढ्न नसकेको अध्यक्ष गुरागाईंको भनाइ थियो ।

सदस्यहरु माझ भाग्यशाली उपहार कार्यक्रमसमेत सञ्चालन गरिएको साधारणसभामा प्रमुख अतिथि भट्टाई, संस्थापक शेयर सदस्य देवराज कार्कीलगायतले शुभकामना मन्तव्य राखेको संस्थाका व्यवस्थापक अनुज खतिवडाले जानकारी दिए । संस्थामा झापामा विभिन्न सरकारी निकायमा कार्यरत कर्मचारी तथा तिनका परिवारका सदस्य शेयर सदस्य छन् ।

शेयर गर्नुहोस :

27
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu