काँकरभिट्टा । नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको सन्दर्भमा सोमबार झापाको काँकरभिट्टामा पत्रकारिताको शुद्धीकरण र सदृढीकरण विषयक अन्तरक्रिया तथा ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्ति वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र मेचीनगर नगरपालिकाको सहकार्यमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महासंघका कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्काले गरेका थिए । नेपाल पत्रकार…