झापा । नेपाल गुणस्तर तथा नापतौल विभागले बन्दाबन्दीको समयमा उपभोक्ता ठगिन नदिन सिमेन्टको गुणस्तर मापनलाई तीव्रता दिएको छ । सरकारले बन्दाबन्दीको समयमा सामाजिक दूरी राखेर उद्योग चलाउन स्वीकृति दिएसँगै विभागले सिमेन्ट उद्योगमा उत्पादित सिमेन्टको नमूना सङ्कलनलाई तीव्रता दिएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बन्दाबन्दीको समयमा गुणस्तरमा कुनै सम्झौता नहोस् भन्नका लागि देशैभरका सञ्चालित सिमेन्ट…