काठमाडौ । यातायात पूर्वाधारको क्षमता र सुधार तथा सीमापार व्यापारको दक्षता बढाउन विश्व बैङ्कले नेपाललाई उपलब्ध गराउने करिब ५४ अर्ब रुपियाँको ऋण सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । विश्व बैङ्कले नेपाललाई उपलब्ध गराएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो ऋण सम्झौता हो । सम्झौतामा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैङ्कका…