काठमाडौं। लियोनल मेसी सन् २०२६ को विश्वकपमा अर्जेन्टिनाको कप्तानी गर्दै छैटौँ पटक विश्वकप खेल्ने भएका छन्। ३८ वर्षीय फरवार्ड मेसीले चार वर्षअघि कतारमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनालाई तेस्रो विश्वकप उपाधि दिलाएका थिए। बिहीबार प्रशिक्षक लियोनल स्कालोनीले सार्वजनिक गरेको २६ सदस्यीय टोलीमा उनको नाम समावेश गरिएको हो। हालसम्म २६ विश्वकप खेल खेलेका…