अर्जुनधारा । यू–१३ इन्डो–नेपाल टी–२० च्याम्पियन्स ट्रफीको उपाधि बोस्टन क्रिकेट एकेडेमीले जितेको छ। बोस्टनका कप्तान आनोक राईको विस्फोटक ब्याटिङ र समग्र उत्कृष्ट प्रदर्शनको बलमा अर्जुनधाराको बोस्टनले मेचीनगरको सरस्वती क्रिकेट एकेडेमीलाई ४० रनले पराजित गर्दै उपाधि उचालेको हो। अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा भएको फाइनलमा राईले ४२ बलमा ९२ रनको शानदार इनिङ्स खेल्दै टोलीलाई बलियो अवस्थामा…