अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता :  बिर्तामोड र बाह्रदशीको बिजयी सुरुवात

बिर्तामोड । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा बिर्तामोड नगरपालिकाले विजयी सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शुक्रवारबाट सुरु भएको प्रतियोगितामा कचनकवल गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक बिर्तामोडले विजयी सुरुवात गरेको हो । खेलमा बिर्तामोडलाई जित दिलाउन चुनु सोरेनले ह्याट्रीक गरे । उनले खेलको ९औं मिनेटमा टिमका लागि दोस्रो तथा…