गौरादह । झापाको गौरादह नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ। नगरपालिकाले नगरको सभाहलमा एक कार्यक्रम आयोजना गरी ७ उत्कृष्ट विद्यालय, १२ सेवा निवृत्त तथा दीर्घ सेवा प्रदान गरेका शिक्षक, ६ उत्कृष्ट शिक्षक र २२ उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो। नगरपालिकाले उत्कृष्ट माध्यमिक विद्यालयतर्फ श्री जनता माध्यमिक विद्यालय…