झापाका बालगृहहरु समस्यामा

बिर्तामोड । आर्थिक क्षेत्रमा देखिएको तरलताका कारण बाल गृहहरुमा समेत प्रभाव पर्न थालेको छ । झापाका ८ वटा बाल गृहमा पछिल्लो समय तरलताकै प्रभावका कारण दाताको चहलपहल घटिरहेको सञ्चालकहरु बताउँछन् । जिल्लाभरका बाल गृहहरुमा १ सय जनाभन्दा बढि बालबालिका आश्रित छन् । सडक बालबालिका, अभिभावक विहीन बालबालिका देखि शारिरीक अपांगता भएका बालबालिकाहरुलाई बालगृहले आश्रय दिदै…