सुन्दरहरैंचामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै

मोरङ - सुन्दरहरैंचा नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएको छ । नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको फोहोर नजिकैको जङ्गल तथा खोला छेउमा व्यवस्थापन गरेको कारणले अहिले समस्या देखिएको हो । बस्ती नजिकै अव्यवस्थित रूपमा थुपारेको फोहोरबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने गरेको स्थानीयहरू बताउँछन् । नगरको वडा नं १० को खोर्साने–केराबारी सडक खण्डमा…