विर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पतालले पेट सिटी स्क्यान सेवा सुरु गरेको छ । काठमाडौं उपत्यका बाहिर पहिलोपटक सो सेवा पूर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गरेको हो । ५१ वर्षीय मुखको क्यान्सरबाट पीडित बिरामीको परीक्षण गरी सो सेवा सुरु गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्र यादवले जानकारी दिए । पहिलो दिन ९ जना बिरामीले सो सेवा लिएका…