राजवंशी समुदाय : झापामा दुई प्रमुखसहित ६४ निर्वाचित

झापा । स्थानीय तहको निर्वाचन २०७९ बाट आदिवासी राजवंशी समुदायको मूलथलो रहेको झापामा दुई पालिका प्रमुखसहित ६४ जनप्रतिनिधि निर्वाचित भएका छन् । पालिका प्रमुखमा कचनकवल गाउँपालिकाबाट कालेन्द्रप्रसाद सिंह राजवंशी र गौरीगञ्ज गाउँपालिकामा फूलमति राजवंशी निर्वाचित हुनुभएकोे छ । यसअघि विसं २०७४ को निर्वाचनबाट एक अध्यक्षसहित ४८ जना मात्र राजवंशी समुदायबाट जनप्रतिनिधि निर्वाचित भएका थिए ।…