इन्द्रकुमार राई अर्जुनधारा । अर्जुनधारा अपाङ्गता स्वावलम्बन समाजले विविध खेलकुद प्रतियोगिता शनिबार स्थानीय अरुणोदय आधारभूत विद्यालयको खेलमैदानमा गरेको छ । स्वावलम्वन समाजको आयोजना तथा अर्जुनधारा नगरपालिकाको सहयोगमा नगर क्षेत्रभित्र अपाङ्गता भएका व्यक्तिहरुको शारीरिक विकास गराउने उद्धेश्य राखी खेलकुद प्रतियोगिता गरिएको हो । खेलकुद कार्यक्रमका प्रमुख अतिथि एवम् अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले प्रतियोगिताको उद्घाटन गरेका…