काठमाडौं - आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचारसंहिता आज मध्यरातिदेखि लागू हुँदैछ । आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो । आचारसंहिता लागू भएपछि कुनैपनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार-प्रसार गर्न पाइँदैन । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा…