दुर्गाप्रसादलाई आठ लाख राहत

झापा । विनाकसुर करिब ४० वर्ष भारतीय जेलमा जीवन बिताउनुभएका इलामका दुर्गाप्रसाद तिम्सिनाले आज नेपाली रु आठ लाख उपचार वापतको राहत रकम पाउनुभएको छ । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी कोलकातास्थित नेपाली महावाणिज्य दूत ईश्वरराज पौडेलले सो रकम बराबरको चेक तिम्सिनालाई हस्तान्तरण गर्नुभएको हो । भारतको उच्च अदालत कोलकाताले गत मङ्सिर २१…