बिर्तामोड । बिर्तामोड नगरपालिका र सहारा नेपालबीच कृषि, शिक्षाको क्षेत्रमा साझेदारी कार्यक्रमका लागि सम्झौता भएको छ । मंगलबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख धु्रवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल, वरिष्ट कार्यक्रम अधिकृत जय तिम्सिना, शिक्षा अधिकृत दिनेश प्रसाद आचार्य,कृषि शाखा प्रमुख राजेन्द्र कडरिया,पशुपंछी तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहाल,जनप्रतिनिध सुरेन…