पाथीभरा पाउरोटी उद्योगलाई सातदिने अल्टिमेटम

मेचीनगर । खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर झापासहितको अनुगमन टोलीले झापा मेचीनगर–७ मा रहेको पाथीभरा पाउरोटी उद्योगका सञ्चालक प्रदिप राजवंशीलाई सातदिनभित्र सम्बन्धित कार्यालयबाट आवश्यक कागजात लिएर उधोग सञ्चालन गर्न निर्देशनसहित पत्रचार गरेको छ । आज मेचीनगर नगरपालिका, उपभोक्ता मञ्च नेपाल सुरक्षाकर्मीसहितको अनुगमन टोलीले अनुगमनका क्रममा खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय विराटनगरबाट उद्योग सञ्चालनका…