बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन नजिक आएसँगै बजारमा नेतृत्व चयन बारे छलफल सुरु भएको छ । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानलले मंगलवार उम्मेरवारी घोषणा नै गरेको छ । लोकतान्त्रिक प्यानलको नेतृत्व राजु न्यौपानेले गरेका छन् । स्वतन्त्र व्यावसायीक प्यानलको नेतृत्व अर्जुन कुमार मैनालीले गर्ने यसअघि नै सार्वजनिक भइसकेको छ । मैनाली नेतृत्वको प्यानलले…