काठमाडौं, २२ माघ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी मुद्दाको जाहेरी परेको छ। लामिछानेसहित १८ जना व्यक्ति/कम्पनीविरूद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले सोमबार कास्की प्रहरीमा जाहेरी दिएका हुन्। प्रहरीका अनुसार लामिछानेसहित व्यक्ति र कम्पनीहरूविरूद्ध निवेदन पर्दै आएका थिए। 'निवेदन यसअघि पनि आएको थियो, आज पुरक जाहेरी परेको हो,'…