झापा । झापाको गौरादह नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा कटौती गर्ने भएको छ । नगरपालिकाको तेह्रौँ नगर सभामा उपमेयर जलवर्षा राजवंशी चौधरीले प्रशासनिक खर्च कटौती गर्ने प्रस्ताव पेश गरेकी थिइन् । नगरपालिकाका जनप्रतिनिधिले मासिक एक पटकको मात्रै बैठक भत्ता प्राप्त गर्ने गरी उनले सभामा प्रस्ताव लगेकी छिन् । यसअघि मासिक २ वटा बैठक भत्ता जनप्रतिनिधिले बुझ्दै…