काठमाडौँ : राष्ट्रिय किसान आयोगले किसान पहिचानका लागि वर्गीकरणसहितको परिचयपत्र वितरणको माग गरेको छ । आयोगको सातौँ स्थापना दिवसका अवसरमा आइतवार आयोजित अन्तरक्रियामा आयोगका अध्यक्ष प्रेम दङ्गालले देशभरका किसानलाई परिचयपत्रका आधारमा सामाजिक सुरक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि कार्यमा हुने दुर्घटनाको जोखिम बहन गर्न उनीहरुको बीमा तथा स्वास्थ्य उपचारका लागि छुट्टै किसान अस्पताल…