झिलझिलेमा २ कोठे जुनियर प्रहरी अधिकृत आवासको उद्घाटन

शिवसताक्षी । इलाका प्रहरी कार्यालय झिलझिलेमा निर्माण भएको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिका र स्थानीय दाताहरुको सहयोगमा निर्माण भएको २ कोठे जुनियर प्रहरी अधिकृत आवास भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । भवनको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, झापा जिल्ला प्रहरी प्रमुख दुर्गाराज रेग्मीले संयुक्त रुपमा उद्घाटन…