विद्यालय नजिक सुर्तीजन्य पदार्थ निषेध अभियान

झापा, २५ पुस : विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न यहाँको बाल क्लबले अभियान थालेको छ । मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा गठित जागृति बाल क्लबले उक्त अभियान सुरु गरेको हो । विद्यालय वरपरका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण भइरहेको र त्यसबाट बालबालिकामा असर परेको क्लबका अध्यक्ष निकेश करुवाले बताउनुभयो…