काठमाण्डौ - सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज सोमवार भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा १ विकेट गुमाएर भेटायो । कोशीका लागि काजल श्रेष्ठले नट आउट ३८ रन बनाइन् । यस्तै कप्तान रुबिना क्षेत्रीले ३७ रन बनाइन् । बलिङतर्फ…