झापामा १७ हजार परिवारलाई सुधारिएको चुलो वितरण

बिर्तामोड । वातावरण संरक्षण केन्द्र (इपिसी) नेपालले यहाँ दाउरा बालिरहेका १७ हजार परिवारलाई सुधारिएको फलामे चुलो र चार सय ५० विद्युतीय (इन्डक्सन) चुलो वितरण गरेको छ । इपिसीका निर्देशक सन्दीप मेहताका अनुसार विपन्न तथा श्रमिक परिवारलाई दाउराको विकल्पका रुपमा प्रयोग गर्न सहज होस् र पर्यावरण जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले चुलो वितरण गरिएको हो ।…