दिनभर वडामै भजनकिर्तन गरेर समय काट्छन् बिर्तामोड १ का ज्येष्ठ नागरिक

बिर्तामोड । व्यापार व्यवसाय र जागिर भएका उमेर समूहहरु दिनभर व्यस्त नै हुन्छन् । कुनै काममा जोडिएकाहरुलाई दिनभर व्यस्त नै देखिन्छ । तर, ज्येष्ठ नागरिकहरुलाई दिनभर घरमै समय विताउन कठिनाई हुन्छ । त्यै कठिनाईबाट मुक्ति पाउन बिर्तामोड –१ का ज्येष्ठ नागरिकहरु भने दिनभर भजनकिर्तन गरेर समय बिताउदै आएका छन् । वडा नं. १ को सभाहलमा…