दैलेख–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने आमसभाको लागि दैलेखको राकम कर्णाली ध्वजापतकाले रंगिएको छ । एमाले केन्द्रीय कमिटीले यही मंसिर १४ गते बैतडीको झलाघाटदेखि सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को चौथो दिन अभियान कर्णाली प्रवेश गर्ने द्वारका रूपमा रहेको राकम कर्णालीमा हुने कार्यक्रमको अवसरमा एमालेले राकमलाई रंग्याएको हो । ‘झुलाघाट चिवाभञ्ज्याङ…