एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

अम्बिका भण्डारी झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । यसका लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कन गर्ने कार्य सुरु भएको छ । जिल्लास्थित जिवन डिभिजन कार्यालयअन्तर्गतका मेचीनगर, कनकाई र दमक सबडिभिजन कार्यालयले सडकका रुखमा टाँचा लगाउने काम थालेको…