काठमाण्डौ - गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावपछिको पहिलो संसद् अधिवेशन आजदेखि शुरू हुँदैछ । सिंहदरबारमा रहेको निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गएको चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको…