काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी फेरि साउन ७ गतेबाट अनशन बस्ने भएका छन् । दार्चुलाबाट बुधबार विज्ञप्ति जारी गर्दै उनले आफ्ना माग पूरा नभएको भन्दै अनशन बस्ने घोषणा गरेका हुन् । केसीले न्यूनतम मापदण्डसमेत पूरा नगरेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजहरूको प्रभाव नीति निर्माणदेखि सार्वजनिक संस्थाहरूको नेतृत्व चयनसम्म देखिएको आरोप लगाएका…