मजदुरी गर्दै आएका संजोगलाई मस्तिष्क घात, उपचारमा आर्थिक अभाव

मेचीनगर, १५ कार्तिक । ब्रेन हेमोरेज (मस्तिष्क घात ) का कारण जीवन मरणको संघर्ष गरिरहेका मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरको उपचारमा चरम आर्थिक अभाव भएको छ । गाउँतिर मजदुरी गरेर परिवारको जीविका चलाउँदै आएका विपन्न परिवारका उनलाई पन्ध्र दिन अघि कार्तिक १ गते उच्च रक्तचापका कारण घरमै मस्तिष्क घात भएको थियो । त्यसपछि…