झापामा सरकारको रवैयाविरुद्ध सडकमा उत्रियो एमाले

बिर्तामोड । झापामा नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमाले सडकमा उत्रिएको छ । जनसंगठनहरुले बिर्तामोडको मुक्तिचोकमा आज बालेन शाह सरकारको रवैयाविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । गैरकानुनी र प्रतिशोधपूर्ण पक्राउको विरोधमा एमाले नेता कार्यकर्ताहरुले पार्टी कार्यालयदेखि मुक्तिचोकसम्म ¥याली गर्दै विरोध जनाएका हुन् । ¥यालीका क्रममा सरकारको कदमको विरोध गरिएको…