विराटनगर । कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सोमबारबाट सुरू भएको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उक्त उमेर समूहका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको हो । स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट सोमबार…