काठमाडौँ, ७ असोज - सभामुख देवराज घिमिरे सात दिने आयरल्याण्ड भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणमा आयरल्याण्डको राजधानीबाट डब्लिन पुगेको उहाँ नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले भ्रमणका क्रममा दुई देशबीचको संसदीय…