सरोज भट्टराई झापा। झापाको शिवसताक्षी नगरपालिका–६ स्थित कनकाई नदीमाथि निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। शिवसताक्षीको चन्द्रडाँगी बजार पूर्व हुँदै लालपानी जोड्ने उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न हुन लागेसँगै स्थानीय बासिन्दाको वर्षौँदेखिको आवतजावत समस्या समाधान हुने अपेक्षा गरिएको छ। संघीय सरकारको झोलुङ्गे पुल महाशाखा, कुपन्डोलबाट विनियोजित करिब ७ करोड ४१ लाख रुपैयाँको…