राष्ट्रपति पौडेलद्वारा कांग्रेसको जिम्मेवारीबाट राजीनामा

काठमाडौं - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनु भएको छ। राष्ट्रपति पदको शपथ ग्रहण गर्नु एक दिन अघि उहाँ कांग्रेसबाट अलग हुनुभएको हो। कांग्रेसका वरिष्ठ नेता पौडेलले आइतबार कांग्रेस केन्द्रीय कार्यालय ललितपुर सानेपामा राजीनामा पत्र पेश गर्नुभएको जानकारी कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। वरिष्ठ नेता पौडेल २०१७ सालपछि…