बिर्तामोड - साहित्य चौतारी झापाले शनिवार मासिक सांगीतिक काव्यसभा आयोजना गरेको छ । गायक पदम कन्दङ्वाको प्रमुख आतिथ्यमा चौतारीले काव्यसभा आयोजना गरेको हो । साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा आयोजित काव्यसभामा राष्ट्रिय धान दिवससँग सम्वन्धित असारे भाका पनि गुञ्जिएको थियो । सुसेली कला केन्द्र नौमती बाजा समूहका महिलाले असारे भाका प्रस्तुत गरेका थिए ।…