प्रादेशिक आयुर्वेद अस्पतालबाट सेवा लिने बढे

दमक । झापाको कमल गाउँपालिका–७ लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालबाट सेवा लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । गत भदौ १५ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पतालबाट हालसम्म पाँच हजारभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । अस्पतालका चिकित्सक डा धर्मेन्दकुमार पण्डितका अनुसार आयुर्वेदसम्बन्धी विशेषज्ञ सेवा पु्याउने उद्देश्यले प्रादेशिकस्तरमा स्थापना भएको अस्पतालमा अहिले दैनिक ८० देखि एक…