विर्तामोड - पहिलोपटक सभामुख र उपसभामुख बनेपछि गृहजिल्ला आउनुभएका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरलाई आज सम्मान गरिएको छ । एउटै जिल्ला र एउटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखजस्तो गरिमामय पदमा पुग्न सफल भएकामा विर्तामोड नगरपालिकाले उहाँहरूलाई आज यहाँ कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । घिमिरे नेकपा (एमाले)को तर्फबाट झापा क्षेत्र नं…