मतगणना स्थलमा तारजाली नलगाइने

बिर्तामोड । निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली नलगाइने बताएको छ । आज बुधवार पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणना स्थलमा तारजाली नलगाइने बताउनुभएको हो । प्रमुख आयुक्त थपलियाले मतपत्रको सुरक्षा र गणना स्थलको सुरक्षाका लागि सीसी क्यामेरा भने राख्ने जानकारी दिनुभयो । विगतका चुनावमा मतपत्र चपाउनेजस्ता घटना भएपछि मतपत्र सुरक्षाका लागि भन्दै…