बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानीले उपभोक्तालाई २४ घण्टा पानीको सुविधा प्रदान गरिरहेको छ । केहि वर्षअघि धारामा पानीको नियमितता थिएन । पछिल्लो समय बिर्तामोडमा स्वच्छ खानेपानीको उपलब्धतालाई सहज बनाएको छ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका व्यवस्थापक खड्ग गिरीले उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउन कुनै कसर बाँकी नराखेको जानकारी दिए ।…