यूएई । विश्वकप फुटबलअघि मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईविरुद्ध फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा अर्जेन्टिनाले यूएईलाई ५-० गोलले पराजित गरेको हो । मोहम्मद विन जायद रंगशालामा भएको खेलमा घरेलु टिम यूएईविरुद्ध अर्जेन्टिनाले सानदार जित निकालेको हो । अर्जेन्टिनाको जितमा डि मारियाले दुई, जुलियन अल्भारेज, कप्तान लियोनल मेस्सी र जोआकिन कोरेयाले गोल गरे…