बिर्तामोड । सहिद उद्रकान्त राजवंशीको अर्धकदको शालिक शनिबार झापाको बिर्तामोड नगरपालिका–९, साविक गरामनीमा अनावरण गरिएको छ । प्रजातान्त्रिक आन्दोलनका सहिद उद्रकान्त राजवंशी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा शालिक अनावरण पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, जग्गादाता पुल्की राजवंशी र नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रमलाई सम्बोधन…