रोहित काफ्ले भद्रपुर । झापाको भद्रपुरमा जेसीज सप्ताह सुरु भएको छ । भद्रपुर जेसीजले भद्रपुर–१० स्थित ढेना वस्तीका स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न बालबालिकाहरुलाई शैक्षिक तथा खेल सामग्री वितरण गर्दै बिहीबारदेखि जेसीज सप्ताह सुरु गरेको हो । सन्थाललगायतका आदिवासी समुदायको बाक्लो बसोबास रहेको सो वस्तीलाई भद्रपुर जेसीजले विगतमा ‘जेसीज गाउँ’ नामाकरण गरी विभिन्न अवसरहरुमा आवश्यक…