शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई नदीको पश्चिम तटमा रहेको श्रीलक्ष्मीनारायण मन्दिरमा आयोजना हुन लागेको ‘श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा (महासम्प्रोक्षण) महोत्सव’को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक श्रीलक्ष्मीनारायण योगीराज श्रीकमलनयनाचार्य आश्रमले भोलि वैशाख ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवका सबै व्यवस्थापन कार्य सम्पन्न भएको जनाएको छ। महोत्सव उद्घाटनका लागि भव्य तयारी गरिएको छ। भक्तजनहरूका…