बिर्तामोड । झापामा ट्राफिक सप्ताह कार्यक्रम शुरु भएको छ । आज विहान झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सप्ताहको उद्घाटन गरेका छन् । प्रजिअ तिमिल्सिनाले ७ वर्षीया ऋषिका भण्डारीलाई हेल्मेट लगाइदिएर ट्राफिक सप्ताहको उद्घाटन गरेका हुन् । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि सप्ताहव्यापी अभियानको शुभारम्भ गरिएको हो । अभियान शुभारम्भको अवसरमा बिर्तामोडमा विभिन्न…